वैशाखको तेस्रो साता बजेट अधिवेशन आह्वानको तयारी
काठमाडाैं | बैशाख १३, २०८१
काठमाडौंः हरेक आर्थिक बर्षको बजेट जेष्ठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस बर्ष बजेट अधिवेशन सुरु गर्नुअघि नै केही कानूनहरु संशोधन गर्नुपर्ने भएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् ।
हिउँदे अधिवेशनलाइ प्रभावकारी बनाउन भन्दै अधिवेशनको सुरुमै संघीय संसदले कार्यतालिका सार्वजनिक गरेको थियो । तर कार्यतालिका बनाएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् ।
दलहरुबीचमा सहमती नजुट्दा बैशाखको दोस्रो साता नै हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।
तर जेष्ठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अब बजेट अधिवेशन भने समयमै सुरु गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसमाथि छलफल गर्ने गरिन्छ ।
सांसदहरुले दिएको सुझावलाई समेत समेटेर तयार पारिएको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गर्ने गरिन्छ । त्यसैले नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय समेत राखेर बैशाखको तेस्रो साता बजेट अधिवेशन आव्ह्वानको तयारी भएको छ ।
बजेट अर्थात बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ । अधिवेशनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि गहन तथा विस्तृत छलफल गर्नुपर्ने मान्यता राखिन्छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्य...
पोखराः पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव सातौं दिन सम्म आइपुग्दा दर्शकको घुइँचो लागेको छ । अघिल्ला संस्करण जस्तै १४ औं संस्करणको पोखरा महोत्सवमा पनि दर्शकको साथ उल्लेख्य मात्र...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट ...

